काँग्रेस कार्यकर्ताले हेल्मेटले टाउकोमा हान्दा बेहोस भएर ढले माओवादी केन्द्रका नेता

गुल्मी, २६ बैशाख । गुल्मीमा गठबन्धनकै कार्यकर्ताबीच हात हालाहाल भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा माओवादी केन्द्रका कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका गाउँपालिका समितिका अध्यक्ष लीलबहादुर केसीलाई काँग्रेस कार्यकर्ताले हेल्मेटले हानेर गम्भीर बनाएको प्रहरीले जनाएको छ । आइतबार राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घर फर्कँदा हेल्मेटले हानेको र त्यसपछि उनी बेहोस भएर ढलेको प्रहरीले बताएको छ ।

उता काँग्रेस कार्यकर्ताले भने सामान्य भनाभन हुँदा धकोला धेकेल भएको जनाएको छ । तर केसीको अनुहारमा चोट परेको पाइएको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!