चुहानडाँडा, २६ बैशाख । पाँचदलीय गठबन्धनले आज आठराई गाउँपालिकाको वडा नम्बर ६ चुहानडाँडामा चुनावीसभा कार्यक्रमको आयोजना गरेको छ ।
सत्ता गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा लगायतका पार्टीहरुले संयुकत रुपमा चुहानडाँडामा चुनावी कार्यक्रम गरेका हुन् ।
चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको मैदानमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई च्यातेको आरोप लगाउँदै संविधानको रक्षा र सहि कार्यान्वयनका लागि गठबन्धलाई भोट दिएर जिताउनु पर्ने जनाएका थिए ।
बाम लोकतानत्रिक गठबन्धनका तर्फबाट वडा अध्यक्षमा बास्कोटा (काँग्रेस), सदस्यहरु ओमकुमार कन्दङ्वा नेकपा एकीकृत (समाजवादी), उदय कन्दङ्वा (काँग्रेस) र भमा वर्देवा (काँग्रेस) छन् । उता नेकपा माओवादी केन्द्रले भने एमालेसँग तालमेल गरेर आफ्नै उम्मेदवार खडा गरेको छ ।