बैतडी, २० मंसिर । बैतडीमा जिप दु-र्घटना हुँदा चार जनाको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा २ जना नवविवाहित दम्पति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । त्यस्तै दु-र्घटनामा एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घ^नामा परेको हो ।
मृतकहरुमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।
मृतक मनिषा मनीषा र प्रेमले १० दिनअघि मात्रै विवाह गरेका थिए । उनीहरु ससुरालीबाट घर फर्कने क्रममा दु-र्घटनामा परेका हुन् । जिप के कारणले दुर्घट-नामा परेको भन्ने खुल्न सकेको छैन ।