करेन्ट लागेर तनहुँमा एकको ज्यान गयो

तनहुँ । तनहुँमा करेन्ट लागेर एकको ज्यान गएको छ । ज्यान जानेमा पाल्पा रामपुर ७ का १९ वर्षीया सागर ज्ञवाली रहेका छन् । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर उनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको ज्यान गएको हो ।