तेह्रथुम, २७ बैशाख । आठराई गाउँपालिका वडा ६ अध्यक्षक उम्मेदवार कष्णप्रसाद बास्कोटाले चुहानडाँडामा काजीमान कन्दङ्वाको शलिक निर्माण भइरहेको स्थानमा आकर्षक पार्क पनि बनाउने घोषणा गरेका छन् ।
उनले आफ्नो घोषणापत्रमा चुहानडाँडाँस्थित हाटडाँडामा निर्माणधिन रहेको कन्दङ्वाको शलिक नजिकै आर्कर्षक पार्क निर्माण गर्ने प्रबद्धता व्यक्तग गरेका हुन् । साथै उनले चुहानडाँडाका सबै शहिदहरुको स्तम्भ रहनेगरी शहिद पार्क निर्माण गर्ने पनि जनाएका छन् ।
‘निर्माणधिन काजीमान कन्दङ्वाकाको सालिक रहने स्थानमा पार्क निर्माण गरिने, चुहानडाँडाका सबै शहिदहरुको स्तम्भ रहनेगरी शहिद पार्क निर्माण गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।