तेह्रथुम बहुमुखी क्याम्पसमा थप शंकाय थप्छु, शारदा माविलाई कम्युटरमैत्री बनाउछु : कृष्ण बास्कोटा

तेह्रथुम, २७ बैशाख । आठराई गाउँपालिका वडा ६ अध्यक्षक उम्मेदवार कष्णप्रसाद बास्कोटाले तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा थप शंकाय थप्ने र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो घोषणापत्रमा सो कुरा उल्लेख गरको छन् । पूर्वी पहाडी जिल्लाकै पुरानो र पूर्वकै ज्योतिका रुपमा परिचित क्याम्पसमा हाल शिक्षासास्त्र शंकाय र मानविकी शंकायमा स्नातकोतरसम्म पढाइ हुँदै आएको छ ।

उक्त क्यामपसमा बि.स २०१७ सालमा स्थापना भएको हो । जबकी काठमाडौंको त्रिभूवन विश्वविद्यालय २०१६ मा स्थापना भएको हो । उनले क्याम्पसका सुविधायुक्त होस्टलहरुको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै चुहानडाँडामा रहेको शारदा माविमा कम्प्युटर, सुचना, प्रविधमैत्री बनाउने उनले घोषणा गरेका छन् ।

निर्माणधिन काजीमान कन्दङ्वाकाको सालिक रहने स्थानमा पार्क निर्माण गरिने, चुहानडाँडाका सबै शहिदहरुको स्तम्भ रहनेगरी शहिद पार्क निर्माण गरिनेछ घोषणापत्रमा भनिएको छ ।