आठराई वामपन्थी आन्दोलनको उर्भर भूमि हो, यहाँ एमालेले जित्नैपर्छ : सांसद कन्दङवा

आठराई, २७ बैशाख । प्रदेश १ सांसद तथा नेकपा (एमाले) नेता तेजमान कन्दङवाले आठराईको सकारात्मक परिवर्तन र पुरानो इतिहासलाई कायम राख्नका लागि एमालेको जित आवश्यक रहेको बताएका छन् ।

साझा चासोसँग कुरा गर्दै सांसद कन्दङवाले समाज परिवर्तनको अगुवाइ गर्ने र राजनीतिक वामपन्थी आन्दोनको हिसावले पनि आठराई उर्भर भूमि भएको उल्लेख गरे ।

‘आठराईमा वामपन्थी थुप्रै नेताहरु जन्मिएका छन् । प्रजातान्त्रिक वामपन्थी आन्दोलनमा सहादत प्राप्त गर्ने यहाँका छन् । झापा विद्रोहमा सबैभन्दा धेरै शहिद हुने आठराईका हुन्,’ उनले भने, ‘अहिले कम्युनिष्ट आन्दोनको नेतृत्व गर्ने यहीँका हुन् । कम्युनिष्टहरु समाज परिवर्तनमा सम्वाहक हुन्।’

यति हुँदा हुँदै पनि एमाले पछिल्लो समय पछि परेको उनले बताए । अरु पार्टीबाट आठराईको बिकास सम्भव नरहेको उनले बताए । आठराईको भौतिक पूर्वाधारको बिकासको हिसावले, स्वास्थ्य शिक्षाको हिसावले, सामाजिक न्यायको हिसावले अठराईका नागरिकलाई न्याय दिनुपर्छ भन्ने हिसावले पनि आठराईमा एमालेले जित्नु पर्ने उनको भनाइ छ ।