काठमाडौंको मेयर, उपमेयरसहित ३२ वटै वडाको नेतृत्व र देशैभरी एमालेले जित्ने : सुनिता डंगोल

काठमाडौं, २७ बैशाख । काठमाडौं महानगरकी उपाध्यक्षकी उम्मेदवार सुनिता डंगोलले काठमाडौंको मेयर, उपमेयरसहित ३२ वटै वडाको नेतृत्व र देशैभरी एमालेले जित्ने दाबी गरेकी छन् ।

एमालेको समृद्ध नेपाल सुखी नेपाली नाराले धेरै कुरा बोलेको बताउदै यो नारालाई साकार बनाउनका लागि भएपनि एमालेको सरकार आउन र जित हुन अनिवार्य रहेको उनले बताइन् ।

उनले आफू विजयी भए काठमाडौंलाई कुनै देशको सहर नबनाई सुन्दर काठमाडौं बनाउने उल्लेख गरिन् । उनले काठमाडौंलाई सुन्दर कानतिपु नगरी बनाउने, सीपमूलक शिक्षा प्रदान गर्ने र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् ।

वितेको पाँचवर्ष हेर्ने हो भनेपनि काठमाडौंमा धेरै बिकास भएको उनले दावी गरिन् । एमालेको सरकार र विद्यासुन्दर शाक्यको नेतृत्वले काठमाडौंलाई धेरैकुरा दिएको उले उल्लेख गरिन् । भूकम्पले ढलेको धरहारा, विभिन्न मूर्त तथा अमूर्त सम्पदाहरु फेरि व्यूतिएर मुस्कुराइरहेको उनले बताइन् ।

मंगलबार भृकुटी मण्डपमा आयोजित कार्यक्रमको समाचार