तेह्रथुम, २७ बैशाख । आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बू वडा सदस्यको उम्मेदवार छन् ।
पाँचवर्ष अघि नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए । नेकपा (एकीकृत समाजवादी) प्रदेश – १ कमिटी सदस्य समेत रहेका उनले आठराई गाउँपालिका – ७ थोक्लुङमा वडा सदस्यको उम्मेदवारी दिएका हुन् ।
उनी जिल्ला समोन्वय समितिमा बस्नका लागि वडासदस्यको उम्मेदवारी दिएको बताइएको छ ।
गठबन्धनको भागबण्डाका क्रममा वडा – ७ अध्यक्ष नेकपा (एकीकृत समाजवादी)ले नै पाएको छ ।