तेह्रथुम: पाँचदलीय गठबन्धन र एमालेका कार्यकर्ताबीच झ-डप, घाइतेहरुलाई उपचारका लागि धरान पठाइयो

तेह्रथुम, २८ बैशाख । जिल्लाको छथर गाउँपालिकामा एमाले कार्यकर्ता र पाँचदलीय गठबन्धनका कार्यकर्ताहरुबीच झ”डप भएको छ ।

प्रहरीका अनुसार छथर गाउँपालिका -२ हमरजुङमा गएराति उनीहरुबीच झ”डप भएको हो । झ”डपमा परि ३ जना घा -इते भएको प्रहरीले जनाएको छ । घाइ ‘ते हुनेमा नेपाली काँग्रेस निकट संगठन तरूण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू रहेको बताइएको छ ।

आफूहरुमाथि एमाले कार्यकर्ताहरुले एक्कासी आ ‘क्र मण गरेको घाइतेहरुले आरोप लगाएका छन् । उता प्रहरीले आ-क्रमण गर्ने ३ जनालाई पक्रा’उ गरेको इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमले जनाएको छ ।

पक्रा” उ पर्नेमा मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताए ।

प्रहरी नियन्त्रणमा रहेकामध्ये मनबहादुर खड्का नेकपा (एमाले) हमरजुङका अध्यक्ष रहेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइ’तेहरुलाई भने उपचारका लागि थप उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प लगिएको छ ।

छथर गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

हाम्रो सवाल डटकमको सहयोगमा तयार गरिएको समाचार

Facebook Notice for EU! You need to login to view and post FB Comments!