काँग्रेस कार्यकर्ता कुटाएको आरोपमा तेह्रथुममा एमाले निकट शिक्षक पक्रा,उ

तेह्रथुम, २८ बैशाख । जिल्लाको छथर गाउँपालिकामा तरुण दलका उपाध्यक्षसहित ३ कार्यकर्ता कुट,पिट भएको घटनामा एक शिक्षक पक्रा,उ परेका छन् ।

युवाहरुलाई परिचालन गरेर कुटा,एको आरोपमा छथर गाउँपालिकामा एमाले निकट शिक्षक र अर्का २ जना गरि ३ जना प,क्राउ परेका प्रहरीले जनाएको छ ।

पक्रा,उ पर्नेमा मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।

उनीहरु घटना गराएर खाटमुनी लुकेको अवस्थामा प,क्राउ परेको प्रहरीले जनाएको छ । पक्रा,उ परेका खड्का एमाले निकट शिक्षक भएको बताइएको छ ।

गएराति एमाले र काँग्रेस कार्यकर्ताहरुबीच घटनामा झ,डप भएको थियो । घटनामा नेपाली काँग्रेस निकट संगठन तरूण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घा,इते भएका छन् ।

प्रहरीका अनुसार छथर गाउँपालिका – २ हमरजुङमा गएराति उनीहरुबीच झ”डप भएको हो ।

झडपमा घाइते भएका तीनै जनालाई उपचारका लागि धरान पठाइएको छ ।