तेह्रथुम, २८ बैशाख । नेपाल तरुण दल कार्यसमिति तेह्रथुमले उपाध्यक्ष बिकास जोशीसहित आफ्ना कार्यकर्तामाथि हात,पात भएको भन्दै ध्यानाकर्षणपत्र सार्वजनिक गरेको छ ।
मौन अवधि समाप्त हुने दिन मंगलबार साँझ घरदैलो सकेर घर फर्किने क्रममा शिक्षक मानबहादुर खड्काको नेतृत्वमा हातहतियारसहित आएको समूहले गरेको आक्रमणप्रति गम्भीर ध्यानकाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
घटनामा संलग्न मानबहादुर खड्का र कृष्णबहादुर कार्की प्रहरीमा नियन्त्रणमा रहेपन अन्य अपराधिहरु नियन्त्रण बाहिर रहेको भन्दै तिनिहरुलाई पनि तत्काल नियन्त्रणमा लिन तरुण दल तेह्रथुमले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यदी अपराधिलाई कानूनी कारवाही नगरिए त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार तरुण दल नहुने चेतावनी समेत दिइएको छ । छथर गाउँपालिका – २ हमरजुङमा गएराति एमाले निकट कार्यकर्ता र काँग्रेस निकट कार्यकर्ताबीच झ”डप थियो ।
उक्त झ”डपमा परि नेपाली काँग्रेस निकट संगठन तरूण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू रहेको बताइएको छ । उनीहरुको हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
(बिज्ञप्तिसहित)
