तेह्रथुम, २८ बैशाख । नेकपा (एमाले) छथर गाउँपालिका कमिटी शुक्रबारेले गएराति भएको झ-डपको कारण नेपाली काँग्रेस भएको दावी गरेको छ ।
बुधबार एक बिज्ञप्ति जारी गर्दै छथर एमालेले आफ्नो पार्टी कार्यालया बसिरहेको बेला काँग्रेसको कार्यकर्ताहरु आएर अपशब्द बोल्दै ढुंगा-मुडा भएको जनाएको छ । त्यसपछि काँग्रेसका कार्यकर्ताहरुले पार्टी कार्यलय रहेको घर नै क्षतविक्षत बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘गएराति करिब ११ बजेतिर छथर गाउँपालिका २ हमरजुङ फयाक भन्ने स्थानमा एमाले पार्टीको सम्पर्क कार्यालयमा टेकबहादुर कार्की र बाबुराम कार्कीको घरमा ‘मनबहादुर खड्का उठ् ! निस्कि, आज तेरो अन्तिम दिन’ भन्दै अपशब्द बोल्दै ढुंगामुडा गर्दै हमला भएको र उक्त घरमा क्षतिसमेत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना घटाउन नेपाली काँग्रे छथर गाउँपालिका उपसभापति बिकास जोशीको नेतृत्वमा मनिष बस्नेत गठबन्धनका उम्मेदवार, ऐतराज लिम्बू सहित अपरिचित व्यक्तिहरुको संलग्न रहेको घटनामा संलग्न मिलन भनिने चित्रबहादुर सुवेदीको भिडियोबाट प्रष्ट हुन्छ।’
घटनाप्रति गठबन्धनका दल, भातृ संगठन र विभिन्न तहबाट भ्रमक र तथ्यहीन विज्ञप्ति तथा सुचना सम्प्रेषण गरिएको भन्दै एमालेले ध्यानाकर्षण गरेको छ ।
त्यस्तै घटनापछि मानबहादुर खड्का, कृष्ण बहादुर कार्की र मोडेन बहादुर राना मगरलाई प्रहरीले प,क्राउ गरेको प्रति भत्र्सना भएको एमालेले जनाएको छ । उनीहरुलाई तत्काल रिहाइ गर्नु पर्ने छथर एमालेले माग गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु
उता नेपाली काँग्रेस तेह्रथुमले भने आफ्ना कार्यकर्तामाथि एमाले शिक्षक निकट शिक्षक समेत रहेका (मानबहादुर खड्का प.क्राउ परेका व्यक्ति)सहितको टोलीले आ-क्रमण गरि तरुण दल तेह्रथुमका उपाध्यक्ष बिकास जोशीसहित ३ जनामाथि गम्भीर घाइते बनाएको दावी गरेको छ । उनीहरुको हाल धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ।
घटनाका घाइतेहरु
उता एमाले निकट भनिएका शिक्षक खड्कासहित ३ जनालाई प,क्राउ गरि अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।
एमालेको बिज्ञप्ति
काँग्रेसको बिज्ञप्ति