तेह्रथुम, २८ बैशाख । कुनैपनि घटना वा रिसमा ‘पानी मूनी गएपनि छोड्दिन’ भन्ने भनाई समाजमा चर्चित छ । तर तेह्रथुममा भने नेपाल प्रहरीले खाटमुनी लुकेका आरोपितलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार राति ११ बजेको को घटना थियो । स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु हुन लागेको थियो । त्यसक्रममा तेह्रथुमको छथर गाउँपालिका हजरजुङमा भने नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भयो । झडपपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनामा काँग्रेसका ३ जना कार्यकर्ता घाइते भएपछि घटनामा एमाले कार्यकर्ताको संलग्न रहेको सुइको पाएपछि उनीहरुको खोजी गरेको थियो ।
त्यसक्रममा शंकाको घेरामा रहेका स्थानीय एमाले निकट शिक्षक मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगरको खोजी भयो । प्रहरीले उनीहको खोजी गर्दा उनीहरु घरकै कोठाको खाटमूनि लुकेको अवस्थामा उनीहरुलाई प,क्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरि हाल अनुसन्धान गरिरहेको छ । घटनामा नेपाल तरुण दल जिल्ला कार्यसमिति तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घा,इते भएका छन् । उनीहरुको हाल धरानमा उपचार भइरहेको छ ।
प,क्राउ परेका शिक्षक खड्कासहित ३ जना प्रहरी अनुसन्धानमा छन् । उता नेकपा (एमाले) छथर गाउँपालिकाले भने आफूहरुमाथि तरुण दल उपाध्यक्ष श्रेष्ठसहितको टोलीले आएर अपशब्द बोल्दै आफ्ना कार्यकर्तामाथि हातपात गरेको विज्ञप्ति मार्फत दावी गरेको छ ।
उनी खाटमूनीबाट पक्राउ परेको तस्बीर पूर्वसचिव तथा सामाजिक अभियान्ता भीम उपाध्यायलेसमेत फेसबुकमा सेयर गरेका छन् ।