विराटनगर, २९ बैशाख । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य ज्ञान)को नतिजा सार्वजनिक भएको छ ।
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बिहीबार एक सूचना जारी गर्दै उत्रिण हुने परीक्षार्थीको रोल नम्बरसहित परीक्षाफल प्रकाशन गरेको हो ।
जसमा तेह्रथुमबाट २२३ जना उत्रिण भएका छन् ।
‘शिक्षक सेवा आयोग नियामावली २०५७ को नियम १८ को उपनियम (२) बमोजिम प्रदेश – १ अन्तर्गतका जिल्लाहरुको देहायका रोल नम्बर भएका उम्मेदवारहरु लिखित परीक्षा (विषयगत) मा छनौट भएको हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सुचनामा भनिएको छ ।
तेह्रथुमबाट पास भएका रोल नम्बर हेर्नुस्