आजराति १२ बजेबाट तेह्रथुममा सवारी आवागमनमा रोक, कस्ता सवारी चल्न पाउँछन् ?

तेह्रथुम, २९ बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

स्थानीय तहको निर्वाचन लक्षित जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि शुक्रबार अपरान्ह ६ बजेसम्म सवारी साधनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सुचना अनुसार अत्यावश्यक साधनहरुमा भने रोक लगाइने छैन ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०८९ को मतदानको दिनको सवारी आवागमन व्यवस्था सम्बन्धि मापदण्ड २०७९ बमोजिम एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव वाहन अस्पताल सेवा तथा विद्युत सेवाजस्ता साधनहरु मिति २०७९ बैशाख २९ गते राति १२ बजेदेखि २०७९ बैशाख ३० गते अपरान्ह ६ बजेसम्म सञ्चालन पूर्ण रुपमा बन्द हुने सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ,’ सुचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सुचना