गठबन्धनका २६ जनाको समूहले एमालेका एक कार्यकर्ताको ज्यान लिए !

ताप्लेजुङ, २९ बैशाख । नेकपा (एमाले) ताप्लेजुङले एक बिज्ञप्ति जारी गरेर पाँचदलीय गठबन्धनले आफ्नो कार्यकर्ताको ज्या,न लिएको आरोप लगाएको छ ।

जिल्लाको मिक्वाखोला गाउ‘पालिका – १ खोक्लिङको खोर्सानेमा बुधवार एमाले कार्यकर्ता विमल कार्की मृ,त फेला परेका थिए ।

बुधबार बिहीबार एक बिज्ञप्ति जारी गदै सो घटनाको मुख्य जिम्मेवार पाँच दलीय गठबन्धन भएको नेकपा (एमाले) ताप्लेजुङले आरोप लगाएको छ ।

०७४ मा प्रतिद्वन्द्वीलाई झण्डै २९ हजार मतले पराजित गरेका ओलीको अहिलेको अवस्था के छ ?

गठवन्धनका २५\२६ जनाको समूहले आफ्नो कार्यकर्ताको क्रु,रतापूर्वक ज्या,न लिएको भन्दै बिज्ञप्तिमा भनिएको छ । जिल्ला कमिटि अध्यक्ष भुपेन्द्र थेवेले विहिवार दिउँसो निकालेको बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो ।

‘गठवन्धनका हति,यारधारी लठैतहरुले वाटो ढुकेर, ल,खेटेर, घेरा हालेर, ढुङ्गा प्र,हार गरेर घिसारेर, का,टेर क्रु,रतापूर्वक ज्यान लिइएको घटनाप्रति नेकपा एमाले घोर भत्र्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

एमालेले थिङलावुमा विजय लिम्वूलाई मरणासन्न हुनेगरी कु,ट,पिट गरेको, सिरिजंगाका अध्यक्षका उम्मेद्वार सन्तोष चाम्लिङलाई मानसिक तना,व दिएको, फक्ताङलुङ – ६ का दिलकुमार लिम्वूको घरमा तथानाम गा,ली ग,लौज गरेको दावी गरेको छ । आफ्ना कार्यकर्तालाई अविचलित नहुनपनि थेवेले आग्रह गरेका छन ।

एमालेको उक्त आरोप भएपनि घटनाबारे आधिकारिक रुपमा तथ्य भने फेला परेको छैन । उता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले भने युवकको मृ,त्यु,बारे अनुसन्धान भइरहेको जनाएको छ ।

एमाले कार्यकर्तालाई गठबन्धनले प्रचारप्रसारमा रोक लगाएपछि दार्चुला दुई समूहबीच झडप

उको शव सडक बाटोभनदा करिब ३०० मिटर तल भेटिएको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम पछि मात्रै थपकुरा भन्न सकिने प्रहरीले जनाएको छ ।

मृतक कार्की बुधबार घर जाने भन्दै दोभान बजारबाट हिँडेका थिए । उनी तेल्लावुङ कन्ट्रक्सनका जेसिभि मेशिनका चालक समेत रहेका थिए ।

एमाले ताप्लेजुङको बिज्ञप्ति