तस्बीर :अन्नपूर्णपोष्ट
कैलाली, २९ बैशाख । जिल्लाको गोदावरी नगरपालिका ६ बडेहा भन्ने स्थानमा एमालेका वडाध्यक्षका उम्मेदवारसहित उनका सबै परीवार सदस्यमाथि खु,कुरी प्र,हार भएको छ ।
कैलालीको गोदावरी नगरपालिका – ६ अध्यक्षका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवार उम्मेदवार जग्गु चौधरीले आफूसहित ५ परीवार सदस्यमाथि खु,कुरी प्रहार भएको जनाएका छन् ।
बुधबार साँझ खना खाएर बसिरहेको अवस्थामा १५ जनाको समूहमा आएका नेपाली काँग्रेसका कार्यकर्ताले एक्कासी सबै परीवारका सदस्यहरुमाथि खु,कुरी प्रहार गरेको नेकपा एमाले कैलालीले जनाएको छ ।
उनीहरु बसिरहेको अवस्थामा घरभित्रै पसेर आक्र,मण गरेको वडाध्यक्षका उम्मेदवार स्वयम चौधरीले समेत बताएका छन् ।
खुक,री प्र,,हारबाट वडाध्यक्षका उम्मेदवार चौधरी जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घा,इते भएका छन् ।
उनीहरुको हाल अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विन्तीरामको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अन्यको कसैको औलामा, कसैका घाँटीमा र कसैको ढाडमा चोट लागेको बताइएको छ ।
अपराधिक गतिविधिमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रकाश ओली र विनोद शाहसहितका टोलीको संलग्न रहेको पीडित पक्षको दावी छ ।