- सुमन आचार्य
तेह्रथुम, ३० बैशाख । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा १४ हजार एक सय ३४ मतदता रहेको निर्वाचन अधिकृतको कार्यालय आठराईले जनाएको छ ।
मतदातामध्ये आठराईमा पुरुष ७ हाजार २ सय ८८ र महिला ६ हाजार ८ सय ४६ रहेका छन् ।
आठराईमा सबैभन्दा धेरै मतदाता वडा ६ चुहानडाँडामा रहेको तथ्याङ्कले देखाएको छ । चुहानडाँडामा सबैभन्दा धेरै २ हजार ३ सय ९० मतदाता रहेका छन् । जसमा महिला १ हजार १ सय ८५ र पुरुष १ हजार २ सय ५ जना रहेका छन् । त्यसै वडा नम्बर ४ इवामा १ हजार ७१ पुरुष र महिला १ हजार ५२ जना गरि जम्मा २ हजार १ सय २३ मतदाता रहेका छन् ।
वडा १ सक्रान्तिबजार पुरुष १ हजार ९० र महिला १ हजार ६५ जना गरि जम्मा २१ सय ५५ मतदाता रहेका छन् ।
वडा नम्बर २ खाम्लालुङमा पुरुष १ हजार एक सय ३५ महिला ९ सय ६८ गरि जम्मा २ हजार १०३ जना मतदाता रहेका छन् ।
त्यस्तैगरी वडा नम्बर ३ ह्वाकुमा पुरुष ९ सय ९५ महिला ९ सय ३४ गरि जम्मा १ हजार ९ सय २९ जना मतदाता रहेका छन् ।
वडा नम्बर ५ छातेढुंगामा पुरुष ९ सय २६ महिला ८ सय ५४ जना गरि जम्मा १ हजार ७ सय ८० मतदाता रहेका छन् । त्यस्तै वडा नम्बर ७ थोकलुङमा पुरुष ८ सय ६६ महिला ७ सय ८८ गरि जम्मा १ हजार ६ सय ५४ मतदाता रहेका छन् ।