तेह्रथुम, ३० बैशाख । आठराई गाउँपालिकाको वडा नम्बर ६ चुहानडाँडामा सबैभन्दा धेरै मतदता रहेको पाइएको छ ।
गाउँपालिकाको ७ वटा वडामध्ये सबैभन्दा बढी वडा ६ चुहानडाँडामा २ हजार ३ सय ९० मतदाता रहेका छन् । जसमा महिला १ हजार १ सय ८५ र पुरुष १ हजार २ सय ५ जना रहेका छन् ।
त्यसैगरी सबैभन्दा थोरै मतदात भएको वडा ७ थोक्लुङ रहेको छ । जहाँ पुरुष ८ सय ६६ महिला ७ सय ८८ गरि जम्मा १ हजार ६ सय ५४ मतदाता रहेका छन् ।
आठराई गाउँपालिकामा जम्मा १४ हजार एक सय ३४ मतदता रहेको निर्वाचन अधिकृतको कार्यालय आठराईले जनाएको छ ।
मतदातामध्ये पुरुष ७ हाजार २ सय ८८ र महिला ६ हाजार ८ सय ४६ रहेका छन् ।