चितवन, ३० बैशाख । चितवनको भरतपुर महानगरपालिकामा जारी मतदानमा माओवादी केन्द्रका नेताहरुले चिट चोराएर मतदान गर्न लगाइएको पाइएको छ ।
मतदानको समयमा मतदातालाई गठबन्धनकै एक समूहले चिट वितरण गरिरहेको पाइएपछि मतदानमा समस्यसमेत भएको छ ।
उक्त क्रममा कतिपयले असम्बन्धित व्यक्तिलेसमेत भोट हालेको नेकपा एमालेले आरोप लगाइरहेको छ । नेपका एमालेले वठबन्धनको चुनाव चिन्ह मात्रै भएको नमूना कागज साथै लगेर मत हाल्नेगरी चिट चोराइरहेको जनाएको हो ।
यसरी नै भरतपुरको विभिन्न मतदान केन्द्रहरुमा असम्बन्धित व्यक्तिलाई समेत मत हाल्न लगाइएको एमालेको आरोप छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि गठबन्धनले चिट चोराएर निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।मतदानका लागि बाहिर बसेकाहरुलाई गठबन्धनका नेता कार्यकर्ताले मतदातालाई जबरजस्ती चिट भिराउने काम भइरहेको जनाइको छ ।
कतिपयको गोजीमा भेटिएको चिट प्रहरीले च्यातिदिएको समेत बताइएको छ । चिट चोराउने गतिविधिमा सबैभन्दा धेरै माओवादी केन्द्रका क्रियाशीलहरु रहेको एमालेको आरोप छ ।
यसमा काँग्रेस भने मौन रहेको जनाइएको छ । उता माओवादी केन्द्रले भने एमालेले तथ्यविहीन आरोप लगाएको जिकिर गरेको छ ।