आठराई, ३० बैशाख । आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङमा ६६.८० प्रतिशत मात्रै मत खसेको छ ।
यहाँ जम्मा २१०३ जना मतदाता रहेका थिए । जसमा १४०५ मत मात्रै खसेको हो । दुई मतदान स्थलहरुमध्ये महेन्द्र मावि खाम्लालुङमा ८२४ मत खसेको हो भने अर्का कालिका आधारभूत विद्यालयमा ५८१ मत खसेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।
यो गाउँपालका अध्यक्षका उम्मेदवार तथा नेपाली काँग्रेस आठराई कार्यसमित सभापति दिलकुमार पाहिमकोसमेत क्षेत्र हो ।