रुकुम, ३० बैशाख । रुकुम पश्चिममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारको गाडिले ठक्कर दिँदा एक जनाको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा मतदान गर्न आउदै गरेका रुकुमको बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेको प्रहरीले जनाएको छ ।
उनलाई वडाध्यक्षका उम्मेदवार जनक बाँठामगर चढेको गाडीले ठ,क्कर दिएको थियो । उक्त ठक्करबाट ग,म्भीर घा,इते भएको उनको उपचारको क्रममा सल्ले अस्पतालमा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
रुकुमका धेरैजसो स्थानीय तहमा माओवादी केन्द्रकाबिरुद्धमा नेपाली काँग्रेस र नेकपा (एमाले)को तालमेल रहेको छ । यहाँ यी दुई पक्षबिच झ,डप हुँदै आएको छ । माओवादी केन्द्रले काँग्रेस र माओवादीको यस क्षेत्रमा अराजक गतिविधि हुँदै आएको जनाउद आएको छ ।
आजको घटना पनि त्यसैको उपज भएको माओवादी केन्द्रले आरोप लगाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान हुँदैछ ।