तेह्रथुम, ३० बैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा तेह्रथुममा ६६.९४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले सुचना जारी गर्दै जिल्लाभरीमा ६६.९४ प्रतिशत मत खसेको जनाएको छ ।
जसमा लालिगुरास नगरपालिकामा सबैभन्दा धेरै ७०.४४ प्रतिशत मत खसेको छ । त्यस्तै सबैभन्दा थोरै आठराई गाउँपालिकामा ६४.७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।
चार गाउँपालिका र २ नगरपालिका रहेको जिल्ला तेह्रथुममा ७२ हजार ८९५ मतदाता संख्या रहेको थियो । जसमा ४८ हजार ७९८ जनाले मतदान गरेका छन् ।
विवरण
Facebook Notice for EU!
You need to login to view and post FB Comments!