तेह्रथुम: सबैभन्दा धेरै लालिगुरास नगरपालिकामा ७०.४४ प्रतिशत मत खस्यो, आठराईमा सबैभन्दा थोरै

तेह्रथुम, ३० बैशाख । तेह्रथुम जिल्लामा सबैभन्दा धेरै प्रतिशत मतदान लालिगुरास नगरपालिकामा भएको छ ।

६ स्थानीय तह रहेको तेह्रथुममा प्रतिशतका आधारमा सबैभन्दा धेरै लालिगुरास नगरपालिकामा ७०.४४ मतदान भएको हो ।

त्यस्तै सबैभन्दा थोरै मतदान हुने पालिकामा आठराई गाउँपालिका भएको छ । आठराई गाउँपालिकामा ६४.७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

आज भएको स्थानीय तहको निर्वाचनमा तेह्रथुममा ६६.९४ प्रतिशत मत खसेको छ । तेह्रथुममा ७२ हजार ८९५ मतदाता संख्या रहेको थियो । जसमा ४८ हजार ७९८ जनाले मतदान गरेका छन् ।

विवरण

Facebook Notice for EU! You need to login to view and post FB Comments!