चामे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले जित नजिक, अब ३ वटा वडामात्रै गन्न बाँकी

मनाङ, ३० बैशाख । मनाङको चामे गाउँपालिमा एमालेका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जितको नजिक पुगेका छन् ।

आज भएको स्थानीय तहको निर्वाचनको मत गणना भइरहेको छ । हालसम्म चामेको २ वटा वडाको मत गणना भइसकेको छ । ५ वटा वडा रहेको चामेमा अब ३ वटा वडाको मात्रै मत गन्न बाँकी छ ।

यो अवस्थमा एमालका अध्यक्षका उममेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत प्राप्त गरेका छन् ।

काँग्रेसका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत प्राप्त गरेका छन् ।