काँग्रेसलाई दोब्बर मतान्तरले जित्दै मुस्ताङमा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी

काठमाडौं । मुस्ताङमा नेकपा एमालेले वडाध्यक्षमा जीत निकालेको छ । जिल्लाको घरपझोङ गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ । प्रतिद्वनद्वि कांग्रेसले भने ४३ मत प्राप्त गरेको छ । यहाँ जम्मा १५४ मत खसेको थियो ।

जसमा १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको जनाइएको छ ।