ओलीको गृहनगर दमकको मेयरमा एमालेकी उम्मेदवार अगाडि

दमक, ३१ बैशाख । झापाको दमक नगपालिकामा नेकपा एमलेको उम्मेदवारले सुरुवाती अग्रता कायम गरेको छ ।

हालसम्म २०० मत गनिएको र जसमा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले ९६ मत पाएकी छन् ।

त्यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाका साझा उम्मेदवार राम थापाले ७६ मत प्रप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा भने गठबन्धनकी अगाडी रहेकी छन् । गठबन्धनकी रेगिना भट्टराई ९० प्राप्त गरेका छन् ।

साथै एमालेका अम्वीका प्रसाद खनालले ७६ मत प्राप्त गरेका छन् । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो । यस महानगरमा एमाले बिरुद्ध मुख्य काँग्रेस, राप्रपा माओवादी केन्द्रको गठबन्धन रहेकाले पनि यस महानगरलाई चासोका साथ हेरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!