काठमाडौं, ३१ बैशाख । बुढानीलकण्ठ वडा नं १ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बिहान सकिएको मत परिणाममा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामासहितको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठले जनाएको छ ।
यो वडाबाट एमालेका मेयर रउम्मेदवा मिठाराम अधिकारीले ७ सय ७८ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ प्राप्त गरेका छन् ।
उपमेयरमा पनि यस वडाबाट एमलेलाई नै धेरै मत झरेको छ ।