म्याङलुङ, ३१ बैशाख । तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
शनिबार बिहान सकिएको मतगणनामा काँग्रेसका वडाध्यक्षको उम्मेदवार ५०९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)ले ४७५ मत प्राप्त गरेको छ ।
महिला सदस्य र दलित सदस्यमा एमाले उम्मेदवार विजयी भएका छन् । त्यस्तै २ खुला सदस्यमध्ये एकमा पाँचदलीय गठबन्धन र एक एमालेसहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
यस वडामा जम्मा १ हजार ७ मतदान भएको थियो ।
वडाको अन्तिम विवरण