भरतपुर, ३१ बैशाख । भरपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदी र गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालबीच कडा टक्कर भएको छ ।
हालसम्म ५५ भोटको गनिएको छ । जसमा एमालेका विजयी सुवेदी अघि छन् । यसअघि रेनुले अग्रता लिएकी थिइन् ।
५५ मतगणना हुँदा सुवेदीले २३ भोट पाएका छन् भने रेनुको १९ भोट पाएकी छन् । उता जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् ।
प्रचण्ड पुत्री दोस्रो पटक मेयरमा उठेको यस महानगरलाई अन्तर्राष्ट्रियस्तरले समेत चासोको रुपमा लिएको छ ।