भरतपुर मतगणना अपडेट : विजय सुवेदीले धेरै मतान्तरले अग्रता बढाए

भरतपुर, ३१ बैशाख । भरतपुर महानगरकी गठबन्धनकी उम्मेदवार रेनु दाहाल पछाडि परेकी छन् । शनिबारदेखि जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।

उनले १५० मत गणना भइसक्दा ६६ मत प्राप्त गरेका छन् । रेनु दाहालले भने ५१ मतमात्र प्राप्त गरेकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । भरतपुरमा कडा सुरक्षाकाबीच धमाधम मतगणना भइरहेको छ ।