प्रधानमन्त्री देउवको वडामा काँग्रेस शून्य, एमालेको समर्थनमा नरेश भण्डारीको टीम नै विजयी

डडेल्धुरा, ३१ बैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापतिको आफ्नै वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा शुन्य नतिजासहित पराजित भएको छ ।

काँग्रेसका कुनैपनि उम्मेदवार विजयी हुनसकेनन् । एमालेसँग गठबन्धन गरेको नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित वडा ९ मा विजयी भएका छन् ।

भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् भने नेपाली काँग्रेसका उम्मेदवार चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्।

काँग्रेसबाट कारवाहीमा परेका कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएको थियो । भण्डारीलाई नेकपा एमालेको समर्थन थियो ।