भरतपुर, ३१ बैशाख । भरतपुर महानगरको प्रमुखमा कडा प्रतिसपर्धा देखिएको छ । यतिबेला भरतपुरको ४०० मत गणना भइसकेको छ । जसमा गठबन्धकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवा विजय सुवेदीले बराबर मत प्राप्त गरेका छन् ।
४०० मत गणना हुँदा रेनुले १५० मत प्राप्त गरेकी छन् भने राप्रपा र एमालेका साझा उम्मेदवार सुवेदीले पनि १५० मत नै ल्याएका छन् ।
त्यस्तैगरी जगन्नाथ पौडेलले ४५ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार (काँग्रेस)ले सबैभन्दा धेरै चित्रसेन अधिकारीले १८० र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।
भरतपुरमा मेयरमा दोहोरिन चाहेकी रेनु र एमालेको प्रतिस्पर्धालाई देश तथा विदेशमै चर्चाको विषय बनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी रेनुको चुनावी क्षेत्र भएकाले पनि यसलाई चासोका साथ हेरिएको छ ।