आठराई अध्यक्ष मतपरिणाम: पछि परे थपलिया, गठबन्धनका पाहिम २४२ ले अघि (अपडेट)

आठराई, ३१ बैशाख । आठराई गाँउपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार भारी मतान्तरका साथ अगाडी पुगेका छन् ।

वडा नम्बर १, २ र ३ को १ हजार ६ सय ८८ मत गन्दा गठबन्धनका उम्मेदवार दिलकुमार पाहिमले आफूलाई २४२ मतले अगाडी सारेका छन् ।

हालसम्म पाहिमले ९ सय २७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार रामचन्द्र थपलियाले ६ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा भने एमालेकी उम्मेदवार रुपादेवी कन्दङवाले ७ सय ४९ मत पाएकी छिन् । उनलाई गठबन्धनका उम्मेदवार (माओवादी केन्द्र) वलिराज ईङनामले पछ्याइरहेका छन् । ईङनामले हालसम्म ७ सय ३५ मत प्राप्त गरेका छन् ।

हाम्रो सवाल डटकमको सहयोगमा