दक्षिण अफ्रिकाले घोषणा गर्यो भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको टिम

काठमाडौं, २१ मंसिर ।  भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको  लागि दक्षिण अफ्रिकाले टिम घोषणा गरेको छ ।

उसले मंगलबार भारतबिरुद्ध खेल्नका लागि २१ सदस्यीय टोली घोषणा गरेको हो । जसमा भारतविरुद्ध डीन एल्गरको कप्तानीमा दक्षिण अफ्रिका मैदान उत्रँदा टोलीमा डुआन ओलिभियरले पुनरागमन गर्नेछन् ।

उनले सन् २०१९ मा अन्तिम पटक श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए । कप्तान डीन एल्गरले आफ्नो कप्तानीमा पहिलो पटक घरेलु मैदानमा खेल्दैछन् ।

यसअघि गत जुनमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २–० ले टेस्ट आफ्नो पक्षमा पारेको थियो । ​सिसन्दा मगला र रायन रिकेल्टनले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । यस्तै ग्लेन्टन स्टुरम्यान र प्रिनेलन सुब्रयेन समेत टोलीमा छन् ।

दक्षिण अफ्रिका र भारतबीच तिन टेस्ट र तिन एकदिवसीय शृङ्खला चल्नेछ । टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । यस्तै तिन एकदिवसीय खेल भने १९ देखि २३ जनवरीसम्म हुनेछ ।

रातोपाटीबाट साभार