आठराई, १ जेठ । आठराई गाउँपालिका वडा नं २ खाम्लालुङमा गठबन्धनका उम्मेदवार काँग्रेसका नेता भीमकाजी चोङ्बाङ लिम्बू वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै वडा ३ को अध्यक्ष ह्वाकुमा पनि गठबन्धनका उम्मेदवार काँग्रेस नेता बुद्धिमान गुरुङ विजयी भएका छन् ।
त्यस्तै वडा १ सक्रान्तिबजारमा एमालेका वडाध्यक्षका उम्मेदवारको अग्रता रहेको जनाइएको छ ।
वडा १, २ र ३ को सुरुमा गरिएमा मतगणनामा दुई वटा वडाको मत परिणाम आइसकेको हो । अब सक्रान्तिको आउन बाँकी छ । त्यस्तैगरी हालसम्म ३ वटा वडाबाट वडाध्यक्षमा दिलकुमार पाहिम (गठबन्धन) ले ७०० मत भन्दा बढीले अग्रता लिएको जनाइएको छ ।
खाम्लालुङ, ह्वाकु र सक्रान्तिको मत गन्दा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार रामचन्द्र थपलिया पाहिम भन्दा ७०० बढी मतले पछि परेको जनाइएको छ ।
अब बाँकी वडाको मत गणना थालिने निर्वाचन अधिकृतको कार्यालय सक्रानतिबजारले जनाएको छ ।
हालसम्म अठबन्धनको उम्मेदवार पाहिमको क्षेत्रमा मतगणना भएको थियो भने अब एमाले उम्मेदवारको क्षेत्रको गणना हुनेछ । एमालेका उम्मेदवार थपलियाले अबको वडामार्फत पाहिमसँगको मतान्तर घटाउन सक्ने आठराईबासीको अनुमान रहेको छ ।