तेह्रथुम, १ जेठ। तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारको वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
नेकपा एमालेका उम्मेदवार प्रेमराज लिम्बूले ६ सय ७३ मत प्राप्त गरि विजयी भएका हुन ।
नेपाली काँग्रेसका धनबहादुर लिम्बूले ४ सय ८४ मत प्राप्त गरि उपविजेता बनेका छन् । उता आठराई १ मा भीमकाजी चोङ्बाङ लिम्बू (काँग्रेस) ले जितेको छ ।
त्यस्तै वडा ३ ह्वाकुमा पनि नेपाली काँग्रेसले जितेको छ । आठराई गाउँपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँपािलकासमेत हो ।
ओलीको जन्म तन्काली इवा हालको आठराई ४ हो । यहाँ केही समयअघिबाट मतगणना कार्य थालिएको छ ।
प्रेमराज विजयी भएसँगै यस गाउँपालिकामा एमालेले जितको पहिलो खाता खोलेको हो । ७ वटा वडा रहेको आठराईमा ४, ५ , ६ र ७ को मतगणना गर्न बाँकी छ ।
यस गाउँपालिकामा पाँच दली गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदनमा छ । एक वडाध्यक्ष एमालेले जितेपनि गाउँपालिका अध्यक्षमा भने एमालेका उम्मेदवा धेरै मतान्तरले पछि छन् ।