तेह्रथुम, १ जेठ । आठराई गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार (काँग्रेस) दिलकुमार पाहिमले फराकिलो मतान्तर बनाएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामचन्द्र थपलियालाई ८०८ मतान्तरले पछि पारेका हुन् । हालसम्म १, २ र ३ गरि ३ वटा वडाको मत गणना भइसकेको छ ।
जसमा पाहिमले २ हजार ३ सय ६० मत प्राप्त गरिसकेका छन् । अर्का अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा एमालेका रामचन्द्र थपलियाले १ हजार ५ सय ५२ मत मात्रै पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाको अग्रता रहेको छ । उनले १ हजार ७ सय ३२ मत पाएकी छिन् ।
उता उनका प्रतिद्वन्द्वी उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार माओवादी केन्द्रका बलिराज ईङनामले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् ।