पूर्वमन्त्री वसन्त नेम्वाङको गृहनगर फिदिममा गठबन्धनबिरुद्ध एमालेको प्यानलै विजयी

पाँचथर, १ जेठ। नेकपा एमाले नेता वसन्त नेम्वाङको गृहनगर फिदिम नगरपालिका वडा १ मा नेकपा एमालेले गठबन्धनबिरुद्ध प्यानलनै जित हासिल गरेको छ ।

भर्खरै सम्पन्न मतगणना अनुसार फिदिम नगरपालिका वडा १ अध्यक्षमा एमालेका उम्मेदवार गजाधर भट्टराई विजयी भएका छन् । त्यस्तै गुना नेम्वाङ महिला सदस्यमा निर्वाचित भएकी छन् ।

भगवती कामी दलित सदस्य, चैतन्य बुढाथोकी र दिपेश थापा मगर खुला सदस्यमा निर्वाचित भएका हुन् । यो नगर पूर्वयातायात मन्त्रीसमेत रहेका वसन्त नेम्वाङको गृहनगर हो ।