‘मेरो नेतृत्व स्वीकार्नु हुन्न भने, म राजनीतिबाट सन्यास लिन्छु’ – रामचन्द्र पौडेल

काठमाडौं, २२ मंसिर । नेपाली काँगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वका लागि झगडा गरिरहे आफूले राजनीतिबाट सन्यास दिने घोषणा गरेका छन् ।

उनले आफ्नै पक्षका नेताहरुले सभपतिको दावी गरेपछि राजनीतिबाट सन्यास लिनेसम्मको घोषणा गरेका हुन् ।

अफ्नै पक्षका नेताहरु संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार दाबी गरिरहेका छन्
। त्यसमा नेता पौडेलले पनि सभापतिको दाबी गरिरहेका छन् ।

उनले आक्रोशित मुद्रामा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’  बैठकपछि बाहिर निस्केका अर्का नेता डा. रामशरण महतले भने । उनले नेता पौडेल आक्रोशित भएको पनि बताए ।

नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइराला पनि सहभागी थिए ।

काँग्रेसको महाधिवेशन यही मंसिर २५ गतेबाट सुरु हुँदैछ ।