काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनमा हालसम्मको मत परिणाम हेर्दा नेकपा (एमाले) पहिलो बनेको छ ।
हाल मुलुकका धेरै स्थानमा मतवणना जारी रहँदा गणना सम्पन्न भइसकेका पालिकाहरुका आधारमा एमाले पहिलो दल भएको हो ।
शुक्रबार सम्पन्न स्थानीय तहको हाललसम्मको मत परिणाम हेर्दा एमालेले एमाले ८ स्थानीय तहमा प्रमुख पद जितेर आफूलाई अग्रस्थानमा उभ्याएको हो ।
उसले उपप्रमुख\उपाध्यक्ष पनि ८ स्थानीय तहमै जितेको छ ।
त्यस्तै नेपाली काँग्रेसले ७ स्थानीय तहको प्रमुखमा जित निकाल्दै दोस्रो स्थान हासिल गरेको छ । काँग्रेसले उपप्रमुख÷उपाध्यक्षमा कांग्रेसले भने आठ स्थानीय तह जितेको छ ।
तीन स्थानीय तहमा प्रमुख जितेको माओवादी केन्द्र हाल तेस्रो स्थानमा छ । उसले दुई स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।
नेकपा एकीकृत समाजवादीले पनि दुई स्थानीय तहमा प्रमुख र दुई स्थानीयमै उपप्रमुख जितेको छ । यसबाहेक अन्य पार्टीले प्रमुख तथा उपप्रमुखमा हालसम्म खाता खोल्न सकेका छैनन।
नेकपा एमालेबिरुद्ध गठबन्धन गरेका दलहरीले आशागरेजति नजिता प्राप्त गर्न सकिरहेका छैनन् ।