भारी मतान्तरले पछि परिन् रेनु, वडा ३ मा विजयको पक्षमा भारी भोट

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेनु दाहाल पछि परेकी छन् । पछिल्लो मतगणना अनुसार उनी एमोका उम्मेदवारसँग २९ मतले पछि परेकी हुन् । हालसम्म ८ हजार ५ सय ९१ मत गनिएको छ ।

जसमा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् । उता दाहालले भने ३ हजार ४६ मत पाइकी छन् । यसअघि वडा नम्बर १ र २ को मतगणना हुँदा रेनुले झिनो मतले अग्रता कायम गरेकी थिइन् भने अहिले वडा ३ को मत गन्दा विजयले आफ्नो पक्षमा मत बढी पाएका हुन् ।