आठराई वडा – ६ सदस्यमा नेकपा (एस)का ओमकुमार कन्दङ्वालाई सर्वाधिक लोकप्रिय मत

आठराई, २ जेठ । आठराई वडा ६ को वडासदस्यका नेकपा एकीकृत समाजवादीका खुला सदस्यका उम्मेदवार ओमकुमार कन्दङ्वालाई सर्वाधिक लोकप्रिय मत प्राप्त भएको छ ।

सोमबार बिहान सम्पन्न मतणनामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को प्यानालै विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका कृष्ण बाँस्कोटा विजयी भएका छन् । त्यस्तै बाँकी ४ सदस्यमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । जसमा सदस्यका उम्मेदवार कन्दङ्वालाई सर्वाधिक मत परेको हो ।

करिब १५०० म खसेको वडा ६ मा कन्दङ्वाले ७६५ पाएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी खुला सदस्य पदकी उम्मेदवार हरिमायाँ आचार्यलाई करिब १०० मतान्तरले पराजित गरे । एमालेकी आचार्यले ६७४ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै गठबन्धनका अन्य विजयी सदस्यहरु खुला सदस्य उदय कन्दङ्वा (काँग्रेस)ले ७३३, महिला सदस्यमा सञ्जु मोक्तान ७३२ र दलीत महिला सदस्यमा भमा बर्देवा ७३९ सहित गठबन्धनका प्यानलै विजयी भएका हुन्।

उता पराजित भएका एमाले र माओवादी केन्द्रका अन्य उम्मेदवारहरुमा अन्जना पोमू (माओवादी केन्द्र) ६४६, कमला विक एमाले ६७४ र छिरिङ तामाङ (एमाले)ले ६३५ मत प्राप्त गरेका छन् ।