फेरि यसरी गर्यो सत्ता गठबन्धनले चितवनमा धाँधली !

काठमाडौं २ बैशाख । । भरतपुर महानगरको मतगणनाको विवाद मिलाउन सकस परेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

सोमबार महानगरको मत गणना गर्ने क्रममा विवाद भएपछि मतगणना नै रोकिएको थियो ।

अब उक्त विवाद मिलाउने सर्वदलीय बैठक बस्नेछ । सत्ता गठबन्धनलाई नेकपा एमालेले मत गणनाका क्रममा धाँधली गरेको आरोप लगाएको छ ।

मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद सिर्जना भएको हो ।

उक्त मत बदर हुनुपर्छ भन्ने कर्मचारीलाई निकाल्ने प्रयास भएपनि एमालेले त्यसको चर्को बिरोध जानाएको छ ।

उक्त कर्मचारी एमाले निकट भएको पनि बताइएको छ ।

मत गणना रोकिएको अवस्थासम्म रेनुले ५ हजार ३ सय ५० मत पाएकी छन् । उता सुवेदीले ५ हजार ३ सय ३३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि पछिल्लो समय मत संख्या बढाइरहेका छन् ।