हेटौंडामा राप्रपालाई टप्यो एमालेले

मकवानपुर, ४ जेठ । हेटौंडाका उपमहानगरपालिकाको मेयर पदको मतगणनामा राप्रपाका उम्मेदवार भन्दा एमालेका उम्मेदवार अघि बढेका छन् ।

पालो पाले अघि र पछि हुने क्रम यसअघि देखिनै चलिरहेको छ । यसक्रममा एमालेले राप्रपालाई राति १० ३० बजेको समयमा उछिनेको हो । मत गणनाका क्रमाम उम्मेदवारहरुको मत अघि पति हुने क्रमले हेटौँडाको मतणना रोचक भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार यहाँ संयुक्त गठबन्धनका उम्मेदवार मीना लामा १३ हजार ९११ मतसहित पहिलो स्थानमा रहेकी छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल रहेका छन् । उनले भर्खरै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई उछिनेका हुन् ।

पौडेलको प्राप्त मत १२ हजार ८९६ रहेको छ भने राप्रपाका उम्मेदवार दिपकले १२ हजार ८७६ मत प्राप्त गरेका छन् । हालसम्म हेटौडामा कुल ४४ हजार ९७५ मत गणना भइसकेको छ ।