काठमाडौं, ५ जेठ । नेपाली काँग्रेसको गड रहेको पार्टी महामन्त्री गगनकुमार थापाको क्षेत्र नेकपा एमालेले भत्काइदिएको छ ।
बुढानीलकण्ठमा २०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र हो । यो क्षेत्र नम्बर ४ पर्छ । तर यो क्षेत्रका सबैजसो वडामा अहिले स्थानीय तह निर्वाचन २०७९ मा नेकपा ९एमाले०ले जितेको छ । काँग्रेसको गड भत्काइ दिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा पर्छन । त्यस्तै काठमाडौँ महानगरपालिकाका पनि ४ वटा वडा पर्दछन् । अहिले बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ एमालेले जितेको छ । त्यस्तै काठमाडौंका १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यो वडामा पनि एमालेले विजयी निकालेको छ ।
एमाले त्यतिमा मात्रै नभइ बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।