फास्ट ट्रयाक अन्योलमा

काठमाडौं २३, मंसिर । बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ ।

दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोपनी जग्गा भने अधिग्रहण गर्नै बाँकी छ ।

खोकनाको पुरातात्त्विक महत्त्वलाई लोप हुन नदिन स्थानीयहरूले विरोध गर्दै आएका कारण खोकनाको उक्त जग्गा अधिग्रहणमा वर्षौंदेखि समस्या देखिँदै आएको छ ।

उक्त जग्गाको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सहसचिवको संयोजकत्वमा जनप्रतिनिधि, सेनासमेतको सहभागितामा समिति गठन भए पनि हालसम्म जम्मा दुईपटक छलफल भएको छ ।

ती छलफलले कुनै निष्कर्ष ननिकाल्दा यो समस्या छिटै समाधान नहुने देखिएको छ । यद्यपि सेनाले भने पुससम्ममा खोकना विवाद समाधान हुने विश्वास गरेको छ ।

यो खबर अजको आर्थिक अभियान दैनिकमा छ ।