कृष्णप्रसाद सिटौलाको वडामा एमाले भारी मतले विजयी, गठबन्धनले माखो मारेन

झापा, ५ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटा‌ैलाको वडामा काँग्रेस पराजित भएको छ ।

भर्खरै सम्मन्न मत परिणाम अनुसार यहाँको वडाध्यक्ष नेकपा एमालेले जितेको छ । सिटौलाको वडा झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० को हो । यहाँ एमालेका उम्मेदवार टेकबहादुर खड्काले १४ सय ८० मत ल्याए । त्यस्तै काँग्रेसका उम्मेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गर्दै पराजित भए । यो काँग्रेसको एमालेसँग ३ सय ९ मतान्तरको हार हो ।

त्यस्तै राप्रपाका वडाध्यक्ष उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याए । ०७४ को निर्वाचनमा यहाँ काँग्रेस एक्लै लडेको थियो । र, जित पनि निकालेको थियो । तर अहिले यहाँ काँग्रेस गठबन्धन गर्दा पनि पराजित भएको छ ।