मुस्ताङ, ५ जेठ । नेकपा एमालेले मुस्ताङमा यो पटक २०७९ तेहेरो सफलता प्राप्त गरेको छ । २०७४ को निर्वाचनमा एमालेले १ पालिका मात्रै जितेको थियो । तर यो पटक भने उसले जिल्लाको पाँच पालिका मध्ये एक मात्रै हारेर ४ पालिका आफ्नो गोजीमा हालेको छ ।
एमालेले गुमाएको घरपजोङ गाउँपालिकामा हो । यहाँ पनि काँग्रेसका उम्मेदवारले मात्रै दुई मतको अन्तरले जित हासिल गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङ जिल्लाको पाँचमध्ये नेपाली काँग्रेसले थासाङ, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा जित हासिल गरेको थियो । तर यो पटक एमालेले नराम्रारी खोसिदिएको छ ।